`

१६ जना ‘बिचौलिया’ पक्राउ

Nepal One HD १९ चैत २०८२ १२:५४
प्रमुख खबर

सुर्खेत। वीरेन्द्रनगरस्थित दुई सरकारी कार्यालयबाट १६ जना ‘बिचौलिया’लाई प्रहरीले पक्राउ गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेतबाट १० जना महिला र मालपोत कार्यालयबाट ६ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो।

उनीहरू सेवाग्राहीलाई सवारी दर्ता किताब (ब्ल्यूबुक) नवीकरण गरिदिने, जग्गा नामसारी तथा अन्य भूमिसम्बन्धी सेवा सहज रूपमा मिलाइदिने बहानामा रकम असुल्ने गरेको आरोपमा पक्राउ परेका हुन्।

सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्‍याउँदै अवैध रूपमा ‘बिचौलिया’को काम भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापा का अनुसार, पक्राउ परेकामाथि आवश्यक अनुसन्धान जारी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *