रविले दलित समुदाय र वैदेशिक रोजगारीमा रहेका नेपालीसंग मागे माफी
काठमाडौं। रास्वपाका अध्यक्ष रवि लामिछानेले दलित समुदायसँग क्षमा मागेका छन्। साथै उनले विगतका वर्षौंमा दलित समुदायमाथि भएका अन्यायप्रति पनि माफी मागेका हुन्।
उनले भने, ‘यो सरकारले ऐतिहासिक अन्यायप्रति सामूहिक र सार्वजनिक माफी माग्दैछ। आजसम्मको विभेद सामाजिक गल्ती थिएन,संगठित अपराध थियो।’ उनले थपे, ‘यो देश किन पूर्ण विकसित हुन सकेन भन्ने प्रश्नको उत्तर यही हो कि जो सँग सीप थियो, उनीहरूलाई हामीले अछूत भन्यौ थियौं।’
लामिछानेले अब कुनै पनि नेपालीलाई जातको आधारमा अपमान वा भेदभाव झेल्न नपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
त्यस्तै , सभापति लामिछानेले पार्टीको पाएको जनादेशको रचयिता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू रहेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले निकै त्याग गरेको भन्दै उनीहरूको चाहना राज्यको प्राथमिकतामा पर्ने बताए ।
उनले अबको नीति तथा कार्यक्रम र बजेट वैदेशिक रोजगारीको पनि हुने बताए ।
