`

रविले प्रतिपक्षलाई भने ‘हामीमाथि २४ सै घण्टा निगरानी राख्नुहोला’

Nepal One HD १९ चैत २०८२ १५:१८
प्रमुख खबर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले सरकार (आफूहरू) माथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई सुझाव दिएका छन् ।

बिहीबार सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले प्रतिपक्षलाई यस्तो सुझाव दिएका हुन् ।

उनले भने, ‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला।’

त्यस्तै,उनले जनताले रास्वपालाई दिएको विशाल बहुमतको इतिहास गुमेमा आफूहरू फेरि कलङ्कित हुने समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *