चाँदीको मूल्य बढ्यो,सुनको स्थिर
अर्थ समाचार
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य हिजोकै दरमा कायम भएको हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। त्यसैगरी, प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ तोकिएको छ।
तर चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको महासंघको भनाइ छ। यता,बिहिबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ३० रुपैयाँ पुगेको छ। महासंघका अनुसार आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ४० रुपैयाँ ५० पैसा कायम भएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
