`

युद्धमा भ्रम फैलाएको भन्दै पश्चिम एसियामा ११ नेपाली पक्राउ

Nepal One HD २० चैत २०८२ १६:०८
प्रवास

काठमाडौं । पश्चिम एसियाका विभिन्न मुलुकले हालसम्म ११ जना नेपाली पक्राउ परेका छन् । उनीहरुमाथि सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आराेप छ ।

परराष्ट्र मन्त्रालयका अनुसार यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना पक्राउ परेका छन् ।

युद्धग्रस्त पश्चिम एसियाली देशहरुले सामाजिक सञ्चालमा प्रवाह हुने भ्रमपूर्ण सन्देशहरूमाथि कडाइ गर्दै  भ्रमपूर्ण सन्देश फैलाउनेलाई पक्राउ गर्नेदेखि डिपोर्ट गर्नेसम्मका कारबाही गर्दै आएका छन् ।

ती ११ जना नेपालीलाई पनि स्वदेश फर्काउन सक्ने मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले बताए । उनका अनुसार सामाजिक सञ्जालमा भ्रम फैलाउने खालका फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

इजरायल–अमेरिका र इरानबीच भइरहेको युद्धपछि इरानले खाडी मुलुकमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्दै आएको छ । त्यही आक्रमणको क्रममा आएका क्षेप्यास्त्र तथा ड्रोनको फोटो भिडियो खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा गलत अफवाह फैलाउने गरेको अभियोगमा पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

पक्राउ परेकाहरूका हकमा सम्बन्धित देशमा रहेकाको हकमा नेपाली दूतावास तथा नियोगहरूले आवश्यक बुझ्ने काम भईरहेको प्रवक्ता क्षेत्रीले बचाए ।

उनीहरूमाथि लागेको चार्ज के हो ? त्यसको लागि जरिवाना कति हुन्छ ? भन्ने विषयमा बुझ्ने काम भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *