प्राधिकरणद्वारा आज काठमाडौँका विभिन्न क्षेत्रमा ४ घण्टा विद्युत् कटौती
अर्थ समाचार
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध गर्ने भएको छ। प्राधिकरणले सूचना जारी गर्दै बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म केही क्षेत्रमा बिजुली कटौती हुने जनाएको हो।
प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।
यस अवधिमा नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
