नेपाली खेलाडी प्रिती क्याम्बोडियन क्लबमा अनुबन्दित
खेलकुद
काठमाडौं। नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई क्याम्बोडियाको क्लब प्रेह खान रीच स्वाय रिएङ एफसीमा आबद्ध भएकी छन्। नयाँ सिजनका लागि उक्त क्लबसँग अनुबन्ध भएको जानकारी उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।
उनि एपिएफ क्लबबाट खेल्दै आएकी थिइन्। गत सिजन जोर्डनको इतिहाद क्लबमा आबद्ध रहेकी थिइन्। त्यहाँ उनले जोर्डन महिला प्रो लिग र जोर्डन महिला कप दुवै उपाधि जित्न सफल भएकी थिइन्।
प्रेह खान रीच स्वाय रिएङ उनको तेस्रो विदेशी क्लब हो। यसअघि उनले भारतको किक स्टार्ट्स एफसीबाट इन्डियन वुमेन्स लिग खेलेकी थिइन्।
सन् २०२० मा सुरु भएको क्याम्बोडियन महिला लिगको पहिलो संस्करणमा उक्त क्लब संयुक्त विजेता बनेको थियो। प्रीति हाल क्याम्बोडिया पुगिसकेकी छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
