संसदमा बाँदरको बन्ध्याकरणका लागि बजेट छुट्ट्याउन माग
अर्थ समाचार
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अच्युतम लामिछानेले बाँदरको बन्ध्याकरणका निम्ति बजेट विनियोजन गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण नगरिए कृषिमा लगानी नगर्दा पनि हुने धारणा राखेका हुन् ।
उनले भने, ‘नेपालमा पाँच लाख बाँदर रहेको अनुमान छ । यो संख्यालाई लाग्ने बन्ध्याकरण खर्च प्रतिबाँदर रु १५ सय रहेछ । बजेट विनियोजनको जोडदार माग गर्दछु।’
सरकारले बाँदर नियन्त्रणका निम्ति बन्ध्याकरण कार्यविधि तयार गरिसकेको उनले उल्लेख गरे ।
त्यस्तै, बजेट छुट्ट्याउन समेत उनले माग गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
