`

आइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित

Nepal One HD २५ चैत २०८२ ९:३३
खेलकुद

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो । राजस्थानको यो लगातार तेस्रो जित हो ।

वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए । जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए ।

१५१ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाएको थियो । तेस्रो जितसँगै राजस्थान रोयल्स ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *