भारतीय सवारीबाट प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग (भिडियो)
काठमाडौं। सांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश पाउने व्यवस्थाको दुरुपयोग भएको बताएकी छन् । बुधवार भएको प्रतिनिधिसभा बैठकमा उनले भारतीय सवारीले प्रवेश पासमा भएको दुरुपयोग रोक्न माग गरेकी हुन् ।
उनले भनिन् , ‘नियम अनुसार एक दिनको पास लिएर आएका सवारी फिर्ता जानुपर्ने हो । तर व्यवहारमा नेपालमै निजी तथा सार्वजनिक सवारीका रूपमा सञ्चालन भइरहेका छन् । जसको प्रत्यक्ष प्रभाव ठुलो भन्सार शुल्क तिरेर भित्र्याइएका सवारीमा परेको छ,
भारतीय नम्बर प्लेटका कारण यातायात व्यवसायी र सवारी चालक प्रभावित भनेको उल्लेख गर्दै डाँगीले भनिन्,‘ मेरो निर्वाचन क्षेत्र मेचीनगरको मात्र समस्या होइन यो । प्रत्येक सीमा क्षेत्रमा भारतीय नम्बर प्लेटका कारण यातायात व्यवसायी र सवारी चालक प्रभावित छन् ।’
उनले भारतीय सवारीका कारण दुर्घटना भए क्षतिपूर्ति पाउनसमेत समस्या रहेकाले सीमा नाकामा अनुगमन गर्न र डे पासको दुरुपयोग रोक्न समेत माग गरेकी छन् ।
