`

ओली स्वास्थ्य अवस्थाका कारण केही दिन अस्पतालमै रहने

Nepal One HD २६ चैत २०८२ ११:५१
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहापछि पनि केही दिन अस्पतालमै राखिने भएको छ।

सर्वोच्च अदालतको आदेशअनुसार रिहा गरिएका ओलीको स्वास्थ्य अवस्था पूर्ण रूपमा सामान्य नभएकाले चिकित्सकको निगरानीमा राख्ने निर्णय गरिएको हो। ओलीनिकट स्रोतका अनुसार उनलाई कम्तीमा ३-४ दिन अस्पतालमै राखिनेछ।

यसअघि मिर्गौला प्रत्यारोपण गरिसकेका ओली पछिल्लो समय पूर्ण रूपमा स्वस्थ नरहेको बताइएको छ। स्वास्थ्य जटिलताका कारण पक्राउपछि पनि उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि चैत १४ गते भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएका ओलीविरुद्ध गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन दिएको थियो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

ओलीकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेपछि अदालतले म्याद थप नगर्न र आवश्यक परे सर्तसहित रिहा गर्न आदेश दिएको थियो। सोही आदेशका आधारमा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *