`

पूर्वसभामुख महराविरुद्द भ्रष्टाचार मुद्दा दायर हुँदै

Nepal One HD २६ चैत २०८२ १५:३६
अपराध

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरिएको छ। विद्युतीय चुरोटभित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।

उक्त मुद्दामा महरासहित २८ जना व्यक्ति र एक कम्पनीलाई प्रतिवादी बनाइएको स्रोतले जनाएको छ। अख्तियारको टोली अभियोगपत्रसहित विशेष अदालत पुगेको र मुद्दा दर्ता प्रक्रियामा रहेको प्रवक्ता कृष्णशरण लामिछाने ले जानकारी दिए।

यसअघि उच्च अदालत पाटन ले सोही प्रकरणमा महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, काठमाडौं जिल्ला अदालत ले असोज २९ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

भेपको बट्टाभित्र लुकाइएको करिब ९ किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

२०७९ पुस १० गते Flydubai को फ्लाइट नम्बर FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक LI HANSONG ले दुईवटा सुटकेसभित्र ७३ बट्टामा राखिएका ७३० थान भेप त्रिभुवन विमानस्थल हुँदै भित्र्याएको अनुसन्धानबाट खुलेको छ। सोही घटनाको अनुसन्धान क्रममै महरा जोडिएका हुन्।

सीआईबीका अनुसार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा नासु रेवन्त खड्का समेतको जिम्मामा राखिएको करिब ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक समूहमार्फत गैरकानुनी लाभ लिएको देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *