`

एकैदिन ५१ वटा फर्ममा विभागको अनुमगन

Nepal One HD २७ चैत २०८२ ६:४९
अर्थ समाचार

काठमाडौँ। नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन ५१ वटा फर्ममा अनुमगन गरेको छ ।

पछिल्ला दिनमा विभागले ठूलो मात्रामा व्यावसायिक फर्म, उद्योग तथा प्रतिष्ठानमा अनुमगन गर्दै आएको छ । बिलबिजक जारी गरे नगरेको, अखाद्य वस्तु बिक्री वितरण गरे/नगरेको, कालोबजारी नियन्त्रण तथा अधिकतम खुद्रा मूल्य राखे नराखेकोलगायत विषयमा विभागले अनुमगनका क्रममा हेर्ने गरेको छ । एकैदिन ५१ वटा फर्ममा अनुगमन गरेर विभागले कानुन कार्यान्वयनलाई गति दिएको दाबी गरेको छ ।

आज स्थलगत अनुमगन गरिएका अधिकांश फर्मलाई विभागले सुधारात्मक निर्देशन दिएको छ । स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले अनुमगन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *