महिला यात्रुलाई अपशब्द बोल्दै भिडियो बनाउने राइड सेयरिङ चालक पक्राउ
अपराध
काठमाडौं । महिला यात्रुलाई अपशब्द प्रयोग गर्दै भिडियो बनाएको आरोपमा एक राइड सेयरिङ चालक पक्राउ परेका छन्।
घटना नक्सालस्थित भगवतीबहाल मन्दिर अगाडिको हो। प्रहरीका अनुसार ती चालकले मोटरसाइकलमा सवार महिला यात्रुलाई अपशब्द बोलेको भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
उक्त घटनापछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
