`

कारागारबाट भागे थुनुवा

Nepal One HD २७ चैत २०८२ १४:३६
अपराध

धनगढी । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार मिर्गी भएर ढलेपछि थुुनुवा धनगढी उपमहानगरपालिका-७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो ।

तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिए । उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।

बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *