साताको अन्तिम कारोबार दिन नेप्सेमा गयो पहिरो
अर्थ समाचार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १३.४६ अंकले घटेर २,८३७.७७ बिन्दुमा बन्द भएको छ, जुन ०.४७ प्रतिशतको कमी हो।
बजारमा बिक्री दबाब बढ्दा अधिकांश सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा गिरावट देखिएको छ। आज कुल कारोबार रकम ८ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने २ करोड १० लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।
बजारको अवस्थाअनुसार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ कम्पनीको घटेको छ, र ३ कम्पनी स्थिर रहेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
