उपसभामुखको निर्वाचनमा एमालेले भोट नहाल्ने
नेकपा एमाले
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार सम्पन्न उपसभामुख निर्वाचनमा तटस्थ रहने निर्णय गरेको छ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि बसेको बैठकमा एमाले सांसद मोहम्मद इस्तियाक राईले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार एमालेले उपसभामुख निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ। उनले भने, ‘उपसभामुखको निर्वाचनमा एमाले तटस्थ बस्ने निर्णय गरेको छ। हाम्रो आफ्नै उम्मेदवारी नभएकाले हामीले कसैलाई पनि समर्थन नगर्ने निर्णय गरेका हौं।’
हाल एमाले प्रतिनिधिसभामा २५ सांसदसहित तेस्रो ठूलो दलका रूपमा रहेको छ। ३७ सिटसहित नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
