`

इरान–अमेरिका वार्ता : छैन इरानलाई अमेरिकाको भरोसा

Nepal One HD २८ चैत २०८२ १३:३७
विश्व

काठमाडौं। इरानसँग अमेरिकाको उच्चस्तरीय वार्ता आज हुँदैछ । त्यसका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ ।

भान्सका साथमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर सहभागी छन् । वार्ताका लागि इरानको संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफको नेतृत्वमा इरानी प्रतिनिधिमण्डल यसअघि नै इस्लामाबाद पुगिसकेको छ । वार्ताका लागि इस्लामाबादमा उच्च सुरक्षासहित तयारी भएको छ ।

तर, इरानी संस्दका अध्यक्ष गालिबाफले अमेरिकामाथि भरोसा नभएको बताएका छन् । वार्ता हुनुअघि उनले सँगै आएका इरानी पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

गालिबाफले एक वर्षभन्दा कम समयमा दुईपटक असल मनसायका साथ वार्ता गरे पनि अमेरिका र उसका सहयोगी इजरायलले इरानमाथि आक्रमण भएको र कयौं युद्ध अपराध गरेको बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो उद्देश्य सही छ, तर हामीलाई अमेरिकाप्रति भरोसा छैन ।’

गालिबाफले अमेरिकाले साच्चै सम्झौताका लागि तयार भएर इरानी नागरिकलाई वैध अधिकारका लागि मान्यता दिए इरानले सम्झौताका लागि पूर्णतया तत्परता देखाउने पनि बताएका छन् ।

अमेरिका र उसका सहयोगी इजरायलले गत २८ फेब्रुअरीमा इरानमा भीषण हमला गरेको थियो । त्यसयता पश्चिम एसिया युद्धको चक्रमा फसेको छ ।

इरानले पनि प्रत्याक्रमण गरिरहेको छ । यस्तोमा युद्ध अन्त्यका लागि पाकिस्तानको मध्यततामा इरान–अमेरिका वार्ता हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *