`

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सबैभन्दा धनि मन्त्री, कति छ सम्पत्ति ?

Nepal One HD २९ चैत २०८२ २२:१२
अर्थ समाचार

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक गरिएको हो । सरकारका मन्त्रीहरुमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले सबैभन्दा धनि मन्त्री देखिएका छन् ।

उनको बैंक ब्यालेन्स १ करोड ९० लाख, पारिवारिक र रोजगारीबाट कमाएको रकमबाट जोडेको ४५ तोला सुन, सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर सेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर सेयर २५ हजार ७६२ कित्ता रहेको विवरणमा रहेको छ । उनको ललितपुरको सानेपामा अपार्टमेन्ट २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *