`

पूर्वराजा ज्ञानेन्द्र शाह सुटुक्क पोखरा जाँदै (भिडियो)

Nepal One HD ६ वैशाख २०८३ ११:४६
प्रमुख खबर

काठमाडौं।  पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा जाँदैछन् । देशमा राजा फर्काउने भन्दै आएको दल राप्रपामा २१ फागुनको निर्वाचनपछि कचिङ्गल बढ्दा शाह पोखरा जान लागेका हुन् ।

शाहको सचिवालयका अनुसार उनी यही साता पोखरा जाने भएका हुन् । गत वर्षको फागुनमा पोखरादेखि नै काठमाडौं फर्किँदा त्रिभुवन विमानस्थल काठमाडौंमा ठूलो भिड देखिएको थियो ।

त्यसपछि राजतन्त्र पक्षधर दल र समूहहरू हौसिएर १५ चैतमा काठमाडौंको तीनकुनेमा ठूलो प्रदर्शन गर्‍यो । तर, प्रदर्शन हिंसात्मक भयो । प्रहरी हस्तक्षेप भयो ।

आन्दोलनका कमान्डर दुर्गा प्रसाईं, राप्रपा नेता रवीन्द्र मिश्र, धवलशम्शेर जबरालगायत थुप्रै पक्राउ परे । १५ जेठमा गणतन्त्र घोषणाो दिन पारेर पनि आन्दोलन गरे तर पार लागेन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि नारायणहिटी राजदरबार प्रवेश गराउने राजतन्त्रपक्षधरहरूको सपना चकनाचुर भयो । अहिले त राप्रपा विभाजनको डिलमा पुगेको छ । यस्तोमा ज्ञानेन्द्र पोखरा जान लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *