`

जेलबाट रिहा भएपछि पहिलो पटक बैठकमा सहभागी हुन पुगे रमेश लेखक (भिडियो)

Nepal One HD ६ वैशाख २०८३ १५:०७
प्रमुख खबर

काठमाडौं।  जेलबाट रिहा भएपछि नेपाली कांग्रेसका नेता रमेश लेखक पहिलो पटक बैठकमा सहभागी हुन पुगेका छन्। रिहाइपछि  निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पक्षका नेताहरूको बैठकमा लेखक काठमाडौंको धुम्बाराही पुगेका हुन्।

सर्वोच्च अदालतले विशेष महाधिवेशनविरुद्ध देउवा-खड्का पक्षले दायर गरेको रिट खारेज गरेपछि कांग्रेसभित्रको आगामी रणनीतिबारे छलफल तीव्र बनेको हो।

यसअघि शनिबार गोल्फुटारस्थित खड्का निवासमा छलफल भएको थियो भने आइतबार धुम्बाराहीमा दोस्रो चरणको बैठक बसेको हो।

छलफलमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, कुन्दनराज काफ्ले, कान्तिका सेजुवाल, ईश्वरी न्यौपाने, गणेश लामालगायत नेता सहभागी छन्।

गत चैत २६  गते प्रहरी हिरासतमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र लेखक रिहा भएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *