`

हिन्दुत्व र भारतविरोधी भन्दै रामभद्राचार्यले गरे बालेनको आलोचना

Nepal One HD ६ वैशाख २०८३ १५:५०
राजनीति

काठमाडौं। तुलसी पीठका पीठाधीश जगद्गुरु रामभद्राचार्यले काठमाडौं प्रधानमन्त्री बालेन शाहको आलोचना गरेका छन्।

जानकी नवमीको अवसरमा जनकपुरधाम आएका उनले शाहको मन भारतविरोधी रहेको र हिन्दुत्वप्रति सकारात्मक दृष्टिकोण नदेखिएको आरोप लगाएका हुन्। साथै उनले बालेनको कार्यशैलीमा राजनीतिक अनुभव र गाम्भीर्यको कमी रहेको टिप्पणी गरेका छन्।

रामभद्राचार्यले बालेन युवा भएकाले उनलाई मार्गदर्शन गर्ने विषयमा प्रश्न उठाउँदै यस्तो नेतृत्व शैली उचित नभएको धारणा राखे।

नेपाल भ्रमणका क्रममा उनले नेपाल आत्मनिर्भर हुनुपर्ने, साथै चीन वा अमेरिकामाथि निर्भरता बढ्न नहुने बताए। उनले देशमा धर्मान्तरण बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

त्यसैगरी उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि राखे। भारत र नेपालबीच सहकार्यबाट ठूलो शक्ति निर्माण हुन सक्ने भए पनि उनले दिएको राजनीतिक टिप्पणीप्रति भने विभिन्न पक्षबाट आलोचना भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *