टमाटर फलाउन सके विद्यार्थीलाई १० अंक, फूल फुलाए थप १० अंक दिउँ : हर्क साम्पाङ (भिडियो)
प्रमुख खबर
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले टमाटर फलाउन सके १० अंक र फूल फुलाउन सके थप १० अंक दिनुपर्ने बताएका छन् ।
शिक्षालाई श्रमसँग जोड्नुपर्ने भन्दै उनले एवम् रीतले अन्य धान, मकै, कोदो, जौँजस्ता कृषिजन्य उत्पादन गर्दा अंक थप्दै जानुपर्ने बताए ।
हस्ताको तीन दिन पढाउनुपर्ने भन्दै उनले चार दिन श्रमदान, कृषि, खेलकुद, सिर्जना, आविष्कारमा विद्यार्थीलाई लगाउनुपर्नेमा जोड दिए ।
शिक्षा पढाई नभई गराई भएको भन्दै शिक्षालाई श्रमसँग जोड्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभा पनि शिक्षाको यो मोडलबारे बहस गर्ने भन्दै सरकारले यसप्रति ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
