`

मन्त्रिपरिषद् बैठक जारी, हस्याङ्फस्याङ गर्दै पुगे गृहमन्त्री गुरुङ

Nepal One HD ८ वैशाख २०८३ १६:५७
प्रमुख खबर

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

मंगलबार अपराह्न सुरु भएको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरू सहभागी रहेका छन् ।

बैठकमा गृहमन्त्री सुधन गुरुङ पनि उपस्थित भएका छन् ।

यसबीच सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री गुरुङको सम्भावित व्यापारिक साझेदारीको विषय सार्वजनिक भएपछि राजनीतिक विवाद चुलिएको छ ।

विपक्षी दलहरूले गृहमन्त्री गुरुङको राजीनामा माग गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *