साखुँमा प्रहरीले चलायो गोली
अपराध
काठमाडौं। काठमाडौंको साखुँमा गोली चलेको छ। लागूऔषध कारोबारीलाई पिछा गर्ने क्रममा प्रहरीले गोली चलाएको हो।
प्रहरीका अनुसार, घटनाका क्रममा लागूऔषध कारोबारीको तर्फबाट पनि एक राउन्ड गोली चलेको हो। सुरक्षाका लागि प्रहरीले पनि जवाफी रूपमा एक राउन्ड गोली चलाएको जनाएको छ।
गोली लागेर एक जना लागूऔषध कारोबारी घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीले घटनास्थलबाट लागूऔषध र एक थान पेस्तोल समेत बरामद गरेको छ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
