२१ वर्षीय युवक पक्राउ,अनुसन्धानले खुलायो यस्तो रहस्य ?
काठमाडौं। काठमाडौँको न्युरोड क्षेत्रमा लुटपाट र बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
काठमाडौँ महानगरपालिका-२७ असन बस्ने, सिन्धुली हरिहरपुरगढी गाउँपालिका-८ क्यानखोला घर भएका २१ वर्षीय सविन नेपालीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो।
अनुसन्धानका अनुसार, सविनले बुधबार राति न्युरोडको रामघाटस्थित गल्लीमा एक व्यक्तिमाथि कुटपिट गरी लुटपाट गरेका थिए। त्यसपछि बिहीबार बिहान उनले गोङ्गबु चोकस्थित ग्लोबल आईएमई बैंकको एटीएम मेसिनसमेत तोडफोड गरेको खुलेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सामाखुसी क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका सविनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ। उनीमाथि लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोड सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइने भएको छ।
