३१ सयले घट्यो सुनको मूल्य
काठमाडौं। नेपाली बजारमा पछिल्लो एक सातादेखि सुन–चाँदीको मूल्यमा निरन्तर उतार–चढाव जारी छ। साताको सुरुवातमै सुरु भएको घटबढ क्रम अन्तिम दिन शुक्रबारसम्म आइपुग्दा पनि रोकिएको छैन।
वैशाख १३ गते सुनको मूल्य २ लाख ९९ हजार २०० रुपैयाँ थियो। भोलिपल्ट, वैशाख १४ मा, यो मूल्य साताकै उच्च बिन्दु ३ लाख ५ सय रुपैयाँ पुगेको थियो। तर सोही दिनपछि सुनको भाउ क्रमशः ओरालो लाग्दै वैशाख १७ गते २ लाख ९२ हजार ७ सय रुपैयाँमा झर्यो।
साताको अन्तिम दिन, वैशाख १८ गते भने मूल्यमा केही सुधार हुँदै सुन २ लाख ९६ हजार १ सय रुपैयाँमा बन्द भएको छ। समग्रमा हेर्दा एक सातामा सुन ३१ सय रुपैयाँले सस्तो भएको छ।
यस्तै चाँदीमा पनि सुनकै जस्तै उतार–चढाव देखियो। वैशाख १४ गते चाँदी साताकै उच्च मूल्य ५ हजार ४५ रुपैयाँमा पुगेको थियो। वैशाख १७ मा यो झरेर ४ हजार ८ सय १० रुपैयाँमा पुगेको थियो।
अन्तिम दिन वैशाख १८ गते चाँदीको मूल्य केही उक्लिएर ४ हजार ९ सय ४५ रुपैयाँमा स्थिर भएको छ।
