राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी(भिडियो)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश, ०८३ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।
संविधानको धारा ११४(१) अनुसार यी अध्यादेश जारी भएको कार्यालयले जनाएको छ।
यसअघि पनि राष्ट्रपति पौडेलले सहकारी र खरिदसम्बन्धी अध्यादेश सार्वजनिक गरिसकेका छन्। सरकारले अन्य केही अध्यादेश पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश छ। तर सो अध्यादेशबारे राष्ट्रपति पौडेलले अझै अध्ययन गरिरहेका छन्। उनले शीतलनिवासमा कानुनविद्हरसँग परामर्शसमेत गरेका छन्।
राष्ट्रपति कार्यालयका एक स्रोतका अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने शुक्रबार र शनिबारका निर्णय सूचीमा समावेश गरिएको छैन। स्रोतका शब्दमा, ‘यी दुई दिनका निर्णयमा त्यो अध्यादेश परेको छैन।’
