सुकुमवासी बस्ती खाली गरिएपछि यस्तो देखियो धोबीखोला कोरिडोरको दृष्य(तस्बिरहरु)
काठमाडौं। धोबीखोला करिडोर आसपास वर्षौंदेखि कब्जा गरिएको अतिक्रमित जग्गामा बनेका अनधिकृत संरचनाहरू हटाउने कार्य तीव्र रूपमा भइरहेको छ। सरकारले सुरु गरेको अतिक्रमण हटाउने अभियानअन्तर्गत शुक्रबार बिहानैदेखि बुल्डोजर, प्राविधिक टोली र सुरक्षाकर्मीको उपस्थिति बीच संरचना भत्काउने कार्य जारी छ।
महानगरका अनुसार धोबीखोलाको प्राकृतिक बहाव अवरुद्ध हुने गरी घर, सटर, गोदाम, पर्खालदेखि अस्थायी टहरा समेत बनाइएकाले सबै संरचना हटाउनुपर्ने भएको हो। करिडोर नजिकैका संरचना चरणबद्ध रूपमा भत्काइँदै गरेको, स्थानीयवासीलाई सामग्री हटाउन अनुरोध गरिँदै गरेको र नदीछेउ सफाइ तथा डोजरले कतिकतै सडक विस्तार गरिरहेको छ।
महानगरले करिडोरमा बाँकी रहेका अतिक्रमित भाग पनि छिट्टै खाली गराउने जनाएको छ। यस्तै, अतिक्रमण हटाइएपछि धोबीखोला करिडोरलाई व्यवस्थित हरित क्षेत्र, साइक्लिंग लेन र सार्वजनिक पार्कको रूपमा विकास गर्ने लक्ष्य रहेको पनि अधिकारीहरूले बताएका छन्।
अभियानका बारेमा स्थानीय बासिन्दाको मिश्रित प्रतिक्रिया आएको छ। केहीले यसलाई दीर्घकालीन रूपमा शहर व्यवस्थित बनाउन आवश्यक कदम भन्दै समर्थन गरेका छन् भने केहीले पूर्वसूचना र वैकल्पिक व्यवस्था पर्याप्त नभएको गुनासो पनि गरेका छन्।
तस्बिरहरु:





