`

चीनको दबाब : ताइवानका राष्ट्रपति पुगे एस्वातिनी

Nepal One HD २० वैशाख २०८३ १०:४०
बिशेष

काठमाडौं। ताइवानका प्रेसिडेन्ट लाई चिङ-ते शनिबार अफ्रिकी राष्ट्र एस्वातिनी पुगेका छन्। यो भ्रमण सुरुमा अप्रिल २२ का लागि तय भए पनि चाइनाको दबाबका कारण केही देशले उडान अनुमति फिर्ता लिएपछि स्थगित भएको थियो।

प्रेसिडेन्ट लाइले सोसल मिडिया पोस्टमार्फत ताइवान र एस्वातिनीबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ बनाउन भ्रमण गरिएको बताएका छन्। उनले ताइवान बाह्य दबाबमा नझुक्ने स्पष्ट पारेका छन्। चाइनाले भने ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ।

भ्रमणअघि सेशेल्स, मौरिसस र मडागास्करले प्रेसिडेन्टको उडान अनुमति रद्द गरेका थिए। ताइवानी अधिकारीहरूले यसलाई चाइनाको कूटनीतिक र आर्थिक दबाबको परिणाम बताएका छन्।

प्रेसिडेन्ट लाइका अनुसार डिप्लोम्याटिक र नेशनल सेक्युरिटी टिमको सावधानीपूर्ण प्लानपछि मात्र भ्रमण सम्भव भएको हो। उनले यस भ्रमणले आर्थिक, कृषि, सांस्कृतिक र शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

चाइनाको फरेन मिनिस्ट्रीका प्रवक्ताले भने यस भ्रमणलाई ‘हास्यास्पद प्रदर्शन’ भन्दै आलोचना गरेका छन्। उनले ‘ताइवान चाइनाकै हिस्सा हो भन्ने वास्तविकता बदल्न नसकिने’ बताएका छन्।

जवाफमा ताइवानको फरेन मिनिस्ट्रीले प्रेसिडेन्टको भ्रमण इन्टरनेशनल ल, स्ट्यान्डर्ड र डिप्लोम्याटिक प्र्याक्टिसअनुसार भएको स्पष्ट पारेको छ। सेक्युरिटीका कारण अवतरणपछि मात्र भ्रमण सार्वजनिक गरिएको जनाइएको छ।

एस्वातिनी अफ्रिकामा ताइवानको एक मात्र औपचारिक कूटनीतिक साझेदार हो। यसअघि पूर्वप्रेसिडेन्ट त्साई इङ–वेनले पनि उक्त देशको भ्रमण गरेकी थिइन्। चाइनाले एस्वातिनीलाई आफ्नो बजारमा ट्यारिफ–फ्री पहुँचबाट बाहिर राख्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *