`

बोक्सी भन्दै मलमूत्र खुवाउने एक जना पक्राउ

Nepal One HD २१ वैशाख २०८३ ११:०६
अपराध

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया महिलामाथि ‘बोक्सी’को आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय घटना भएको छ।

कटहरिया नगरपालिका–९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय गौरी साह कलवार लगायतले ती महिलालाई ‘बोक्सी’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए।

प्रहरीका अनुसार कुटपिटकै क्रममा पीडित महिलालाई जबर्जस्ती मलमुत्र खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको थियो। घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *