`

कपन पुग्यो डोजर : साततले क्षेत्रमा अतिक्रमित संरचना भत्काउन सुरु (तस्वीरहरू)

Nepal One HD २१ वैशाख २०८३ ११:१७
फोटोफिचर

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती र सार्वजनिक जग्गा खाली गराउने अभियानलाई सरकारले तीव्रता दिएको छ।

सोही क्रममा आज बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत कपनको साततले क्षेत्रमा अतिक्रमित जग्गामा बनाइएका संरचनाहरूमा डोजर चलाइएको छ।

लामो समयदेखि खोला र सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा तथा स्थायी संरचना हटाउन सरकारले गरेको तयारीअनुसार आज बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा डोजर चलाउन सुरु गरिएको हो।

सरकारी अधिकारीहरूका अनुसार कपन क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्या समाधान गर्न र खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्न यो कदम चालिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *