थाल ठटाउँदै माइतीघरमा सुकुमवासीको प्रदर्शन (तस्बिरहरू)
फोटोफिचर
काठमाडौं। सुकुमवासीको मोर्चाले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ। देशभरका सुकुमवासीको बस्तीमा कुनै वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर सर्वसाधारणलाई विस्थापित गरेको आरोप लगाउँदै मोर्चाले सडकमा उत्रेको हो।
प्रदर्शनमा सहभागीहरूले हातमा थाल र चम्चा बजाउँदै सरकारविरुद्ध नाराबाजी गरे। उनीहरूले वैकल्पिक आवासको व्यवस्था बिना बस्ती हटाउने कार्य मानवअधिकारविपरीत रहेको भन्दै तत्काल यस्तो गतिविधि रोक्न सरकारलाई आग्रह गरे।
मोर्चाले वास्तविक सुकुमवासीको पहिचान गरी उनीहरूका लागि दीर्घकालीन र उचित व्यवस्थापन गर्नुपर्ने माग पनि अघि सारेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट













