`

बैंकिङ कसुर आरोपमा गाउँपालिका अध्यक्ष शाही पक्राउ

Nepal One HD २८ वैशाख २०८३ ११:५५
अपराध

काठमाडौं। दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्।

उनले दिएको करिब ५ लाख रुपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए। सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेखले उनलाई शुक्रबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार शाहीलाई हाल हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। साथै थप अनुसन्धानका लागि अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *