`

सरकारले फिर्ता ल्यायो ७०१ सरकारी गाडी (भिडियो)

Nepal One HD २८ वैशाख २०८३ १२:२१
प्रमुख खबर

काठमाडौं । सरकारले दोहोरो सुविधा लिइरहेका राजनीतिकर्मी, पूर्वप्रशासक तथा विभिन्न व्यक्तिले प्रयोग गर्दै आएका ७०१ वटा सरकारी गाडी फिर्ता ल्याएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सचिवालयका अनुसार शुक्रबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न निकायमा प्रयोग भइरहेका ती सवारीसाधन फिर्ता गराएको हो। कुल ३४ वटा सरकारी निकायबाट गाडी फिर्ता ल्याइएको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत वितरण गरिएका २६ वटा गाडी फिर्ता ल्याइएको छ भने सबैभन्दा धेरै अर्थ मन्त्रालयबाट लगिएका १२४ वटा सवारीसाधन फिर्ता गरिएको छ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट १६/१६ वटा गाडी फिर्ता ल्याइएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ८, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०, खानेपानी मन्त्रालयबाट ५ तथा गृह मन्त्रालयबाट २१ वटा गाडी सरकारको नियन्त्रणमा फर्काइएको छ।

यस्तै, परराष्ट्र मन्त्रालयबाट ८, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट १२, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट ६४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट ६, रक्षा मन्त्रालयबाट १४, वन तथा वातावरण मन्त्रालयबाट १३ तथा सहरी विकास मन्त्रालयअन्तर्गतका ७५ वटा गाडी फिर्ता ल्याइएको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *