`

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, प्रदर्शनकारी पक्राउ (तस्वीरहरू)

Nepal One HD २८ वैशाख २०८३ १३:५१
फोटोफिचर

काठमाडौं। भदौ २३ र २४ गतेको घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जेनजी आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै प्रदर्शन गरेको थियो।

प्रदर्शनकारीहरू आयोगको कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रदर्शनका क्रममा युवाहरूले ‘मानव अधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ ?’, ‘सत्य लुकाएर के पायौ ?’, ‘प्रतिवेदन किन लुकायौ ?’, ‘मानव अधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ?’, ‘सरकार डरायो, प्रतिवेदन हरायो’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *