`

‘राजधानी दैनिक’विरुद्ध उजुरी लिएर साइबर ब्युरो पुगे जगदीश खरेल

Nepal One HD २८ वैशाख २०८३ १७:१६
बिशेष

काठमाडौं। रास्वपाका सांसद जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल तथा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन् । आफ्नोबारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उनले उजुरी दर्ता गरेका हुन् ।

उनले भनेका छन्, ‘भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु। यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ।’

मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो ।’

आजै प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वसञ्चारमन्त्री समेत रहेका खरेलले स्मार्ट टेलिकमको ठगीमा संलग्न भेटिए राजनीतिक जीवनबाट बिदा लिने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *