किशोरीलाई लामाले बलात्कार गरेको आरोप
काठमाडौं । लामालाई बलात्कारको आरोप लागेको छ । लोप्साङ लामा भनिने निमा साङ्माे लामालाई एक किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेको हो । यो घटना नुवाकोटको हो ।
ती किशोरीले प्रहरीसमक्ष दिएको बयानअनुसार घटनाका आरोपी लामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ का हुन् । उनी जिल्लाकै तादी गाउँपालिका–२ को एक तामाङ घरमा मृत्यु संस्कार घेवामा आएका थिए ।
उनले घेवा सकिएपछि होटलमा बस्ने भन्दै होटल देखाउन किशोरीलाई भनेको र ती किशोरीले १५ मिनेट टाढा रहेको होटल देखाउन गएको जाहेरीमा उल्लेख गरेकी छन् ।
त्यसपछि होटलमा पुगेपछि लामाले पानी पिउन दिएको र पिएसँगै आफू अचेत भएको उनको बयान छ । होस्मा आउँदा शरीर र योनी दुखेपछि आफू बलात्कृत भएको थाहा पाएको उनले बताएकी छन् ।
उनले लामा लोप्साङविरुद्ध घटना भएको दुई वर्षपछि जाहेरी दिएकी हुन् । उनका अनुसार बलात्कार घटना भएको १७ वैशाख २०८१ को हो ।
तर, यो घटनाको अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार जिल्ला अदालत नुवाकोटमा बलात्कारसम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको छ, जहाँ लामा लोप्साङविरुद्ध १४ वर्षसम्म कैद सजाय माग गरिएको छ ।
