`

सेन्सर बोर्ड सदस्यमा निर्देशक मनोज पण्डित नियुक्त

Nepal One HD १ जेठ २०८३ १३:५३
चलचित्र

 

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् ।

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले पण्डितलाई समितिको सदस्यमा नियुक्त गरेका हुन् । मन्त्रालयका अनुसार उनले नियुक्ति पत्र समेत प्राप्त गरिसकेका छन् ।

सरकारले हालै ल्याएको अध्यादेशपछि सेन्सर बोर्डका तीन जना सदस्य पदमुक्त भएका थिए । सोही रिक्त पदमध्ये एकमा पण्डितलाई नियुक्त गरिएको हो । बाँकी दुई पदमा भने अझै नियुक्ति प्रक्रिया अघि बढिरहेको मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि चलचित्र निर्देशन क्षेत्रमा सक्रिय पण्डित अघिल्लो सरकारले ल्याएको चलचित्र विधेयकको विरोध अभियानमा समेत अग्रपङ्क्तिमा रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *