`

विद्यार्थी एकता दिवसमा विधार्थी संगठनको प्रदर्शन(तस्वीरहरु)

Nepal One HD १ जेठ २०८३ १५:१८
फोटोफिचर

काठमाडौं । विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले शुक्रबार काठमाडौंमा ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौं’ भन्ने नारासहित प्रदर्शन गरेका छन् ।

राजधानीका त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म गरिएको मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको संरक्षणको माग उठाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर सडकमा नाराबाजीसमेत गरेका थिए ।

‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ तथा ‘प्रधानमन्त्री नशा, देश दशा’ जस्ता नाराहरू प्रदर्शनमा विशेष रूपमा उठाइएका थिए ।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति गम्भीर असन्तुष्टि जनाउँदै त्यसविरुद्ध र्‍याली गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यास कमजोर पार्ने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् ।

विद्यार्थी दिवसको अवसरमा गरिएको यो प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति तथा शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *