`

रणवीर सिंहको ‘धुरन्धर–२’ पाकिस्तानमा ट्रेन्डिङमा गयो

Nepal One HD २ जेठ २०८३ १४:००
चलचित्र

काठमाडौं । भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर–२’ ले पाकिस्तानमा नयाँ रेकर्ड बनाएको दाबी गरिएको छ । पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार यो फिल्म नेटफ्लिक्समा रिलिज भएसँगै पाकिस्तानमा नम्बर १ ट्रेन्डिङमा पुगेको छ ।

उनका अनुसार अत्यधिक दर्शकको चापका कारण नेटफ्लिक्सको सर्भरसमेत केही समयका लागि प्रभावित (क्र्यास) भएको दाबी गरिएको छ । यद्यपि नेटफ्लिक्सले भने यसबारे कुनै आधिकारिक पुष्टि गरेको छैन । 

‘धुरन्धर’ र ‘धुरन्धर–२’ दुबै फिल्म पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो । तर मे १५ मा नेटफ्लिक्समा रिलिज भएपछि फिल्मले ठूलो दर्शक आकर्षण पाएको बताइएको छ ।

क्रिएटर फारूकीका अनुसार रिलिज भएको २४ घण्टाभित्र फिल्मले करिब २० करोड भ्युज पाएको दाबी गरिएको छ । यद्यपि यो तथ्याङ्कमा एकै व्यक्तिले पटक–पटक हेर्दा समेत भ्युज गणनामा पर्ने भएकाले वास्तविक दर्शक संख्या फरक हुन सक्ने बताइएको छ । 

फिल्म पाकिस्तानमा ‘धुरन्धर : द रिभेन्ज (रअ एन्ड अनदेखा)’ शीर्षकमा स्ट्रिम भइरहेको जनाइएको छ । नेटफ्लिक्समा यसको करिब ३ घण्टा ५२ मिनेट लामो अनकट संस्करण उपलब्ध रहेको बताइन्छ ।

यस संस्करणमा भारतका हल संस्करणमा काटिएका करिब ३ मिनेटका एक्सन दृश्य र अतिरिक्त फुटेज समावेश गरिएको दाबी गरिएको छ ।

फिल्म अहिले पाकिस्तानसहित केही अन्तर्राष्ट्रिय देशहरूमा नेटफ्लिक्समा उपलब्ध भए पनि भारतमा भने स्ट्रिमिङमा नरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *