`

३३औँ मदन–आश्रित स्मृति सभा,को-को सहभागी ? (तस्वीरहरू)

Nepal One HD ३ जेठ २०८३ ११:२४
नेकपा एमाले

काठमाडौं। ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना गरेको छ ।

मदननगर बल्खुमा आयोजित कार्यक्रममा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहित एमालेका अधिकांश पदाधिकारी,जनवर्गीय संगठनका नेताहरू तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा उपस्थित थिएनन् ।

सभामा वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिस्ट आन्दोलन तथा जनताको बहुदलीय जनवाद स्थापनामा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

एमालेले मदन-आश्रित स्मृति दिवस प्रभावकारी रूपमा मनाउन ६ दिनअघि नै देशभर सर्कुलर जारी गरेको थियो । पार्टीले देशभर विचार गोष्ठी, जनताको बहुदलीय जनवादबारे परिसंवाद, वृक्षरोपण, रक्तदान, स्वास्थ्य शिविर, कैदीबन्दी तथा बिरामी भेटघाट र फलफूल वितरणजस्ता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

त्यसैगरी मदन भण्डारी र जीवराज आश्रितका तस्बिर सार्वजनिक स्थलमा सजाएर राख्न पनि पार्टीले निर्देशन दिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *