`

धनकुटाको नावाखोला क्षेत्रमा सवारी दुर्घटना, पाँचथरका चालकसहित तीन गम्भीर घाइते

Nepal One HD ४ जेठ २०८३ १०:११
बिशेष

काठमाडौं । तमोर कोरिडोर सडकअन्तर्गत धनकुटाको नावाखोला क्षेत्रमा सवारी दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

धनुकटाको प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रका अनुसार घटनास्थलमा प्रहरी निरीक्षकको कमाण्डमा उद्धार टोली खटिएको छ ।

धरानबाट पाँचथरतर्फ जाँदै गरेको प्रदेश–१–०१– ००१ ज ३९४९ यात्रुवाहक मिनि बस (विंगर) दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–१ का २८ वर्षीय चालक तेजबहादुर चेम्जोङसहित अन्य दुई जना गम्भीर घाइते भएका छन् ।

दुवैको पहिचान खुल्न बाँकी रहेको एसपी थापा क्षेत्रीले बताए । गम्भीर घाइतेमध्येकी एक जना महिला बसमै च्यापिएको अवस्थामा छिन् ।

उनको उद्धार कार्य भइरहेको छ । उनको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *