`

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २८ बर्षीय सन्दिप पक्राउ

Nepal One HD ५ जेठ २०८३ १३:०४
अपराध

काठमाडाै। स्याङ्जामा एक १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २८ बर्षीय सन्दिप विक पक्राउ परेका छन् ।

हरिनास गाउँपालिका६ का विकले गएको शुक्रवार रातको करिब ११ बजे ती बालिकालाई जवरजस्ती गरेको आरोप लागेको हो।

आफन्तका सूचनाका आधारमा प्रहरीले शनिवार आरोपित विकलाई सोही स्थानबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।

स्याङ्जा जिल्ला अदालतले आइतवार ५ दिनको म्याद थपगरी थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।

पक्राउ परेका विकलाई जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

जबरजस्ती करणीको सूचना प्रहरीमा पुगेपछि प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चिसापानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको थियो । विक सोही स्थानका स्थायी बासिन्दा हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *