रोल्पामा सकेट बम फेला
समाचार
रोल्पा । रोल्पामा सकेट बम फेला परेको छ। परिवर्तन गाउँपालिका–३ बागमारास्थित पाछावाङ खोलामा जाली लगाउनका लागि खन्ने क्रममा मंगलबार बिहान दुई वटा सकेट बम भेटिएको हो।
शंकास्पद वस्तु देखिएपछि त्यहाँ कार्यरत मजदुरले तत्काल सुरक्षा निकायलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सूर्य दलगण लिबाङको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो।
प्रमुख सेनानी ईश्वर थापाका अनुसार ती शंकास्पद वस्तु सकेट बम भएको पुष्टि भएको छ। सुरक्षा निकायले उक्त बम माओवादी सशस्त्र द्वन्द्वका समयमा राखिएको हुन सक्ने अनुमान गरेको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
