`

सुलभ अग्रवालसँग हिरासतमा आइप्याड भेटिएपछि

Nepal One HD ५ जेठ २०८३ १३:३१
समाचार

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेर हाल हिरासतमा रहेका व्यवसायी सुलभ अग्रवालसँग केही समयअघि आइप्याड फेला परेको सूचना बाहिरिएपछि प्रहरीले उक्त विषयमा छानबिन सुरु गरेको छ।

हिरासतमा रहेका अग्रवालले जिल्ला प्रहरी परिसर ललितपुरमा रहँदा भित्रै आइप्याड प्रयोग गरेको भन्दै उजुरी परेपछि छानबिन समिति गठन गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीको नेतृत्वमा घटनाबारे अनुसन्धान भइरहेको छ। अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरी अनुसन्धान अघि बढाइरहेको छ।

यसैबीच, यस घटनाको छानबिन केही समयदेखि जारी रहेको र उनलाई हाल जिल्ला प्रहरी परिसरबाट विभागको जिम्मा लगाइसकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *