`

लालटिन बालेर कानुन व्यावसायीको प्रदर्शन

Nepal One HD ५ जेठ २०८३ १३:४२
समाचार

काठमाडौं । कानुन व्यवसायीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन्।

सर्वोच्च अदालतमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध जनाउँदै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा उक्त प्रदर्शन गरिएको हो।

एसोसिएसनको आइतबार बसेको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने अवस्था बनेको भन्दै त्यसको विरोधस्वरूप दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो।

त्यसैअनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर विरोध कार्यक्रम गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *