हर्कले भने – सहकारी पीडितलाई फिर्ता गरेको रकमको स्रोत के हो ?
अर्थ समाचार
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसदमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति खोजेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद आर्यालले साम्पाङलाई बोल्न समय दिएका थिए ।
समय लिएर बोल्दै साम्पाङले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए ।
उनले भने, ‘सीमा नाकाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ? सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ ।’
साम्पाङले जनताप्रति उत्तरदायी हुनुपर्ने सदनमा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने बताए ।
उनले भने, ‘५/६ वटा प्रश्न हामी सोध्न चाहान्छौँ । प्रश्नबाट भाग्ने उहाँहरूको चलनप्रति हाम्रो घोर आपत्ति छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
