हुम्लामा ढुङ्गा लागेर बालकको मृत्यु
समाचार
हुम्ला। हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ ।
यही जेठ ५ गते बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
सोही दिन उद्धार गरी भियाललाई अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पु¥याइए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शङ्कर खड्काले बताउनुभयो ।
घटनाको थप जानकारी लिनका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंह नेतृत्वको टोली अदानचुली गएको छ ।
अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत शव परीक्षणका लागि बाजुराको सामुदायिक अस्पताल कोल्टी लगिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
