स्मार्ट टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरण : छाडिएलान् सर्वेश जोशी ?
काठमाडौं । स्मार्ट टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जाेशीकाे रिहाइ माग्दै दायर बन्दीप्रत्यक्षीकरण रिटकाे सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालकाे संयुक्त इजलासमा रिटकाे सुनुवाइका लागि पेशी ताेकिएकाे छ ।
जाेशीकी श्रीमती लुभाना श्रेष्ठले गैरकानुनी रूपमा जाेशीलाई पक्राउ गरिएको भन्दै रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।
उनले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएकी छन् । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जाेशी गत २२ वैशाखमा पक्राउ गरेका थिए ।
उक्त टेलिकमकाे ३० अर्ब घाेटाला प्रकरणमा तत्कालीन सञ्चारमन्त्री रहेका हालका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेल मुछिएका छन् ।
तर, उनले आफू कहीँ कतै घाेटालामा संलग्न नरहेकाे भन्दै आफ्नाे नाम जाेड्न आवश्यक नभएको बताएका छन् ।
